अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण बढेपछि उपचारमा जटिलता
गम्भिर अवस्थाका स्वास्थ्यकर्मी अस्पतालमा भर्ना भएपनि सामान्य अवस्थाका स्वास्थ्यकर्मी अहिले पनि काममै खटिएका छन्। आफू संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डका बिरामीको सेवा गरिरहेका छन्। ‘जो कोरोना पोजेटिभ भएर पनि सामान्य अवस्थामा छन्, ति स्टाफ नर्सले अहिले पनि बिरामीको सेवा गरिरहेका छन्,’ मेसु थापाले भने।