५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दावा

इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउने चाहना भने मनाङ मर्स्याङ्दी क्लबको छ।

आहा रारा गोल्डकपः आर्मीलाई हराउँदै मनाङ फाइनलमा

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा मनाङका फ्य्रांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रूपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए।

आहा–रारा गोल्डकपः एपिएफ १४ वर्षपछि फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहारारा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।

२० औं आहा–रारा गोल्डकपः सहारा र एपीएफबीच उद्घाटन खेल

घरेलु क्लब सहारा क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग उदघाटन खेल खेल्दै २० औं संस्करणको आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको शुरुवात गर्ने छ। बिहीबारदेखि शुरु हुने आहा रारा गोल्डकपमा सहाराले गतवर्षको हारलाई विर्साउँदै सुखद अनुभूति गर्ने लक्ष्यमा रहने छ।

आहा–रारा गोल्डकपः २०औं संस्करण माघ ६ गतेदेखि

कोरोना भाइरस संक्रमण बढिरहँदा सहारा क्लब भने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ। यतिबेला कोरोनाको त्रास फेरी बढ्न थालेको छ। दर्शकका लागि सिट व्यवस्थापन गरेरै २० औं संस्करणको गोल्डकप गर्न आँटेको सहाराले बताएको छ।

संकटालाई आहा रारा गोल्डकपको उपाधि

अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले छैटौं पटकको सहभागितामा १९ औं आहा रारा गोल्डकपको उपाधि उचालेको छ।

आहारारा गोल्डकप:उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लव विश्वस्त

आहा–रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिश्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र संकटाक्लबबीच हुने छ ।

आहा रारा गोल्डकपः पुलिसलाई पन्छाउँदै अफ्रिकन रुट्स फाईनलमा

एकपछि अर्को गोल्डकपमा आफ्नो दरिलो उपस्थिति जनाएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले बिहीबार पोखरा रंगशालामा विभागीय टोलीलाई नतमष्तक बनाउँदै उपाधि नजिक पुगेको छ ।

१९ औं आहा रारा गोल्डकपः संकटा फाईनलमा प्रवेश

पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदा संकटाले भने फाईनल सुरक्षित गर्‍यो ।

रारा गोल्डकप: पहिलो खेलबाटै बाहिरियो मनाङ

अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मस्र्याङ्दीले यस संस्करणमा पहिलो खेलबाटै गोल्डकप यात्रालाई बिट मारेको छ।

आहा रारा गोल्डकपः संकटा सेमिफाईनलमा, मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो

अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।

१९ औं आहा रारा गोल्डकपः आशिषको निर्णायक गोलमा एपीएफ अन्तिम चारमा

सशस्त्र प्रहरी बलले खेल सकिन तीन मिनेट मात्रै बाँकी रहेको अवस्थामा गोल निकाल्दै घरेलु मैदानमा आयोजक सहारा क्लबलाई स्तब्ध बनाउँदै सेमिफाईनल प्रवेश गरेको छ ।

सहारा र एपीएफ उद्घाटनमा भिड्दै

१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैंछ ।सहाराले शनिबारको उद्घाटन खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउनेछ ।

सहाराको ‘प्लेइङ स्क्वाड’मा एकेडेमीका एकजना

१९ औं संस्करणमा एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्देछन् । यसअघिका संस्करणमा एकेडेमीका बालकहरु बैकल्पिक खेलाडीको रुपमा मात्र रहेका थिए ।

आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम भिड्ने

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा यसवर्ष एकविदेशी सहित ८ टिमले सहभागिता जनाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्