आदिवासी जनजाति प्रतिष्ठान खारेज नगर्न खबरदारी
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ। महासंघले आइतबार काठमाडौंंमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिलाई सहयोग गर्ने एकमात्र सरकारी निकायको रुपमा रहेको प्रतिष्ठान खारेज गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।