युट्युबर मनोज मानव पक्राउ
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।
पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो।
ब्युरोले जनाएअनुसार ‘मिडिया नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार (हरि उदासी) र ‘विशाल नेपाल’ युट्युब च्यानलका राइनास नगरपालिका–३ का २७ वर्षीय निशासन चिलवाललाई पक्राउ गरेको हो।
ब्युरोले बुधबार सूचना जारी गरी त्यस्ता अमर्यादित, अशोभनीय, अश्लील र महिला तथा बालबालिकाको गोपनीयता एवं अधिकारीविरुद्धका भिडियो÷सामग्री बनाउने तथा प्रसारण गर्नेविरुद्ध कारबाही हुने चेतावनी दिएको हो।