६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कार्यकालको अन्तिम समयमा किन रोए ओबामा?

अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल अब केही दिनमात्र बाँकी छ। आफ्नो कार्यालयको अन्तिमका ओबामाले केही समय अगाडि आफ्ना सिनियर स्टाफकालागि एउटा पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ओबामा निकै भावुक भने। ओबामाले एक अन्र्तवार्ताका क्रममा सो पार्टीमा आफू रोएको बताए। जव पार्टी सुरु भयो तब ओबामाका आँखाबाट आशु झर्न थाले।

रुसी राष्ट्रपति पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे ।

ओबामाले गरे 'नेपाल ग्राह्यता कार्यक्रम' मा हस्ताक्षर

अमेरिकाले नेपाललाई दिएको व्यापार ग्राह्यता कार्यक्रम लागू हुने भएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रिफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिइए) अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा बिहीबार हस्ताक्षर गरेपछि नेपालले व्यापार ग्राह्यता पाउने निश्चित भएको हो।

वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ: ओबामा

विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।

जब ओबामाले ट्रम्पलाई ह्वाइटहाउस बोलाए...

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति भवन ह्वाइटहाउसमा अतिथी सत्कार गरेका छन्। ह्वाइटहाउसमा करिब डेढ घण्टा भएको भेटवार्तापछि संचारकर्मींलाई प्रतिक्रिया दिँदै ओबामाले भने ‘म नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालको लागि शुभकामना दिन चहान्छु, उनको सफलता नै अमेरिकको सफलता हो।’

आफ्नै छोरीले ओबामाको मजाक उडाएपछि...

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नी सानी छोरीले सामाजिक संजालमा मजाक उडाएको बताएका छन्। ओबामाले डिलरका समयमा आफूले समाजिक संजालका विषयमा चर्चा गरेको र त्यो चर्चालाई छोरी साशाले रेकर्ड गरेर आफ्ना साथीलाई पठाएको बताएको बीबीसीले जनाएको छ।

भिटो खारेज गरेर सांसदले ठूलो गल्ती गरे: ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी कांग्रेसले भिटो खारेज गरेर ठूलो गल्ती गरेको बताएका छन्। सेप्टेम्बर–११ को ट्विन टावरसँग सम्बन्धि विधेयकमा सासंदले बुधबार ओबामाको भिटो विरुद्ध मतदान गरेका थिए। आफ्नो भिटो खारेज भएपछि ओबामले भने, ‘सासंदले ९/११ विधेयक अस्विकृत गरेर खतरनाक गल्ती गरेका छन्।’

ओबामाद्वारा अफ्रिकी अमेरिकी सङ्ग्रहालयको उद्घाटन

मेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृति बोकेको सङ्ग्रहालयको वासिङटनमा शनिबार उद्घाटन गरेका छन् ।

ओबामाद्वारा संविधान दिवसको शुभकामना

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवस अवसरमा बधाई तथा शुभकामना प्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै ओबामाले एक वर्षअघि भूकम्पमा ज्यान गुमाएका परिवारजनको दुःख अमेरिकी जनताले अझै अनुभूत गरिरहेको उल्लेख गरेका छन्।

जि–२० सम्मेलन तत्काल छाड्न ओबामालाई चर्को दबाब

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चीनमा जारी जि–२० सम्मेलन तत्काल छाड्न चर्को दबाब परेको छ। अमेरिकाको आसन्न राष्ट्रपतिको चुनावका उमेद्वार रहेका डोनाल्ड ट्रम्पले चीनले ओबामाको अपमान गरेको भन्दै तत्काल जि–२० सम्मेलन तत्काल छाड्नु पर्ने धारण व्यक्त गरेका हुन्।

विश्व शक्ति राष्ट्रप्रमुख ओबामा र पुटिनबीच एक घण्टा लामो वार्ता

विश्व अर्थतन्त्रका २० प्रमुख राष्ट्रको समुह ‘जी–ट्वान्टी’ सम्मेलनका सिलसिलामा चीन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।

हुनुलुलुमा अचानक ओबामा

वासिंगटन डिसीमा बसेर गत साता संसारकै सबैभन्दा ठूलो संरक्षण विस्तार गर्ने निर्णय गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार एकाएक हवाई राज्यको राजधानी हुनुलुलु आए। र, आफ्नो निर्णय सार्वजनिक गरेर बिहीबार राति नै फर्किए।

ओबामा इस्लामिक स्टेटका संस्थापकः ट्रम्प

रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बराक ओबामामाथि गम्भीर आरोप लगाएका छन्। ट्रम्पले ओबामालाई विश्वभर आतंक फैलाइरहेको इस्लामिक स्टेट (आइएस)को संस्थापक भएको आरोप लगाएको अन्टर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ट्रम्पले ओबामाको पूरा नाम बाराक हसेन ओबामा भएको दाबीसमेत गरेका छन्।

एलिप्पोका स्वास्थकर्मीद्वारा ओबामालाई सहयोगकालागि आग्रह

चरम गृहयुद्धबाट गुर्जिरहेको सिरियाका चिकित्सकहरुले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई एलिप्पो शहरमा स्वास्थ्य सामाग्री सकिँदै गएकाले तत्काल राहत उपलब्ध गराउन अपिल गरेका छन्।

इस्लामिक स्टेट कमजोर बन्दै : ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी समूह इस्लामिक स्टेट (आइएसआई) कमजोर बन्दै गएको बताएका छन्। तर यो समूहबाट हुनसक्ने खतरा भने अझै बाँकी रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्