७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पाँचथर जिप दुर्घटनामा एकको मृत्यु, सात गम्भिर घाईते (अपडेट)

चिसोसँगै परेको सितमा चिप्लिए मेची राजमार्गमा सवारी दुर्घटना हुँदा गम्भिर घाईते आठ जना मध्ये एक जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाईते भएका भएका थिए।

सवारी दुर्घटनामा तीनकाे मृत्यु

बिराटनगर–३ बिजुली अफिस नजिक को १ त ६५८४ नंबरको ट्याक्टरले शुक्रबार को ११ प ५६८१ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोरङ बिराटनगर–८ बस्ने ३५ बर्षीय मनिष दुगडको मृत्यु भएको हो।

एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

-ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ।

रौतहटको समनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

रौतहटको समनपुर गाविसस्थित वागमती नदीमा वालुवा लिन जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तालिवान प्रमुख कमाण्डरसहित १२ जनाको मृत्यु

अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार आतङ्ककारीको अखडालक्षित विमानबाट गरिएको बमबारीमा १२ आतङ्ककारी मारिएका छन् ।

सवारी दुर्घटनामा दुईको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा २ जनाको ज्यान गएको छ। ढिमे–१ दमडाढा स्थित भे.१ त ५७०७ नम्बरको ट्याक्टर बिहीबार सडकदेखि करिव ३० मिटर तल खस्दा बर्दिया मोतिपुर नगरपालिका–४ बस्ने २६ बर्षीय ट्याक्टर साहु हरि बहादुर पुनको घटनास्थालमै मृत्यु भएको छ।

मिनीट्रक दुर्घटनामा २ को मृत्यु

रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ ।

टिपर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खडकाको मृत्यु भएको छ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।

टिपर दुर्घटनामा एकको मृत्यु

मन्थली नगरपालिका– १ को सुकाजोर खोला पुल नजिकै बुधबार विहान भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु

मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्