६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्राइम स्याङजाको मिर्मीमा

प्राइम कमर्सियल बैंकले स्याङजाको कालीगण्डकी गाउँपालिका, मिर्मीमा नयां शाखा सुरु गरेको छ । बैंक सञ्चालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरे।

गोपालमान श्रेष्ठलाई पराजित गर्दै स्याङजा २ मा एमालेकी पद्मा अर्याल विजयी

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै नेकपा एमालेकी पद्मा कुमारी अर्याल स्याङजा २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। अर्यालले ३५१४२ मत प्राप्त गरिन् भने श्रेष्ठले ३१४३६ मत प्राप्त गरे।

स्याङजा १ मा एमालेका मरासिनी विजयी

रतिनिधिसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर १ मा वामगठबन्धनका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन्। उनले निवर्तमान सांसद राजु थापालाई भारी मतान्तरले पराजित गरेका हुन्। मरासिनी नेकपा एमाले प्रतिनिधि परिषदका पूर्व सदस्य हुन्।

स्याङजामा वामगठबन्धनको तेस्रो जित

प्रदेशसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर २ ‘क’ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका वामगठबन्धनका नेता मोहन रेग्मी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विष्णु पौडेललाई भारी मतान्तरले हराएका हुन् । जितसँगै वामगठबन्धनहरूबाट स्याङजामा तेस्रो जित हासिल गरेका छन् । स्याङजा क्षेत्र नम्बर १ क र ख मा वामगठबन्धनका दीपक थापा र मिनप्रसाद गुरुङ निर्वाचित भैसकेका छन् ।

स्याङजा प्रदेशसभा १ ‘ख’ मा मिनप्रसाद गुरुङ विजयी

निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङ २० हजार २ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्दी तुलसी गिरीले १४ हजार ५ सय १० मत ल्याए ।

स्याङजाको चापाकोट नगरपालिका मेयरमा कांग्रेसका गिरी विजयी

स्याङजाको चापाकोट नगरपालिकाको मेयरमा शिवकुमार गिरी विजयी भएका छन्। उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन्।

स्याङजाका कुन नगरपालिकामा को अगाडि?

स्याङ्जामा एघार वटै स्थानीय तहको मतगणना सुरु भैरहेको छ । मंगलबार बिहान ८ः ३० बजेसम्मको मतपरिणाम यस प्रकार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्