१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

विनाविकल्प कक्षा १२ को परीक्षा स्थगितले थप अन्योल

एउटा बेन्चमा एक जना मात्र परीक्षार्थीको व्यवस्था तथा हेल्थ डेस्कको व्यवस्था गरेर पूर्ण सुरक्षित तरिकाले परीक्षा सञ्चालन भौतिक उपस्थितिमै तय गरेको थियो। धेरै स्कुलहरूले कक्षा १२ को गत साताभित्र प्रिबोर्ड परीक्षा पनि भौतिक उपस्थितमै सम्पन्न गरिसकेका छन्।

एसइई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।

कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना परीक्षाको १५ दिन अगाडि प्रकाशित हुने

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार कोभिडको उच्च जोखिम बढ्दै गएकाले परीक्षा स्थगीत गर्नु परेको हो।

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने

कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि संचालन हुने सो परीक्षा स्थगित गर्नका लागि सिसिएमसीले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको हो। सिफारिशलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको छ।

कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै हुने

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

‘कोभिडको अवस्था हेरी कक्षा १० र १२ को परीक्षा लिनू’

राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।

एसईई र १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्छः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको जोखिमका कारण स्थगित भएका कक्षा १० को अन्तिम परीक्षा एसईई र कक्षा १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्ने बताएका छन्।

कोभिड जोखिमकै बीच १२ को परीक्षा

कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ।

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ।

कक्षा १२ को परीक्षा हुन्छ तर पूर्णाङ्क १ सय नहुन सक्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए।

कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन्। तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ। दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ।

कक्षा १२ : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्