१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पर्यटन क्षेत्रको गुनासोः टुप्पोमा पुग्दै थियौ, एकैपटक शुन्यमा झर्यौं

पर्यटकीय सिजनको मुखमा भएको हवाई दुर्घटनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूँताउने प्रयास थालिएको छ। त्यसका लागि आन्तरिक रणनीति बनाउन व्यवसायी जुटेका छन्। व्यवसायीले पोखरामा पछिल्लो समय पाहुना कम भएको र आगामि दिनमा त्यो संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेको उपाय खोज्न थालेका छन्।

दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन

सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ताले आश गरे अनुरूप सस्तो पर्ने सम्भावना भने देखिन्न।

यती एयर दुर्घटना: गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियो

आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान गएको थियो। घटनापछि पोखरा आउने विदेशी पाहुनाको आगमन प्रभावित भएको र दुर्घटनाको असर आन्तरिक पाहुनाको आगमनमा समेत परेको व्यवसायीले बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनको लगानीमा बढाएको हौसला

पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।

पाहुना आगमनः दश महिनामा ४ लाख ७३ हजार ५६३ विदेशी भित्रिए

कोरोना भाईरस संक्रमणले करिब दुईवर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ। त्यसको प्रमाण हो, यो अक्टोवरमा नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन्।

पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

वर्षाले बिथोल्दा पर्यटन क्षेत्रलाई नोक्सान

कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्तरिक पाहुनाको पर्खाइमा थियो। तर, लगातारको झरिले गर्दा पाहुनाको हिडडुल रोकिँदा त्यसको मार पर्यटन क्षेत्रले भोग्नुपरेको छ।

पर्यटन क्षेत्रको गुनासोः बैंकको ब्याज दोब्बर भयो, तिर्न सक्दैनौ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्याजदर बढाउँदा सकस परेको व्यवसायीको गुनासो छ। ब्याजदर वृद्धिले नयाँ लगानीकर्तालाई समेत प्रभावित र हतोत्साही बनाउने अवस्था आएको व्यवसायीले बताए।

पर्यटनमा कोरोना मारः फर्केनन् अनुभवि कामदार

‘पोखराको पर्यटन क्षेत्रमा मात्र करिब १० हजार जनशक्ति आवश्यक छ। कोरोना अघि यहाँ १५ हजार हाराहारीमा जनशक्ति कार्यरत थियो, तर, कोरोनाले गर्दा विस्थापित भएका उनीहरु फर्केनन्,’ उनले भने, ‘कोरोनाले लामो समय आर्थिक रुपमा धराशायी त बनायो नै मजदूर अभाव पनि सिर्जना गरेको छ। यो अभाव लामो समयसम्म रहनेछ।’

पर्यटनमा सुधारः कोरोना संक्रमण सुरु भएपछिको चिनियाँको आगमन सबैभन्दा बढी

नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुनाको मुख्यमध्येको श्रोतबजार मानिएको चीनबाट पनि पाहुना भित्रिन थालेका छन्। यो जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट १५ सय ९३ जना चिनियाँ पर्यटक भित्रिएका छन्। जुलाई महिनामा भित्रिएको चिनियाँको यो आगमन कोरोना भाइरस संक्रमण सुरु भएपछिको सबैभन्दा ठुलो रहेको पर्यटन बोर्डले बताएको छ।

दोधारकाबीच पर्यटनमा नरोकिएको लगानी

पोखराको पर्यटन क्षेत्रमा अहिले पनि ठुलो आकारको लगानी भईरहेको छ। कोरोनाले त्रसित भएको अवस्थामा पनि पूर्वाधारमा भने लगानी थपिएको व्यवसायी बताउँछन्। अहिले लगानी भईरहेका अधिकांश संरचना भने कोरोना संक्रमण सुरु हुनु अघिकै हुन्। कोरोनाकालमै थपिएका संरचना निकै कमै छन। तर पुराना संरचनाले भने निरन्तरता र पूर्णता पाउँदैछन्।

पर्यटनका साहसिक ‘प्रडक्ट’ गुमाउँदैछ पोखरा

साहसिक पर्यटकीय प्रडक्टको रुपमा पहिचान कमाएका ¥याफ्टिङ, ट्रेकिङ जस्ता गतिविधि कमजोर हुँदै जाँदा मार खेप्दै गएको पोखराको पर्यटन क्षेत्रले अब आकाशमा हुने साहसिक गतिविधि पनि गुमाउने अवस्था आएको व्यवसायीको गुनासो छ। आकाशमा हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काई डाइभ, बेलुन जस्ता गतिविधि पनि हराउने हो भने पोखराको पर्यटन क्षेत्र झनै मारमा पर्ने पक्का भएको व्यवसायी बताउँछन्। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै आकाशमा हुने साहसिक गतिविधि रोकिने अवस्था आएको छ।

राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गर्‍यो: दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले राज्यले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन्।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोडने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको व्यवसायीले बताए। एकसाताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको व्यवसायीको भनाई छ। व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायातको पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिडडुल पनि कम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्