५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्छन्। नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ।

अब कोलकातामा नेपालको आफ्नै ‘सिएफएस’

नेपाली भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ। मालवस्तु कन्टेनरमा लोड वा अनलोड गर्न, त्यसलाई गन्तब्यतिर पठाउन र व्यापारका लागि आएका मालवस्तुलाई तोकिएअनुसार दिशानिर्देश गरी अगाडि बढाउन बन्दरगाह र विमानस्थल नजिक ‘सिएफएस’ राखिन्छ।

पहिरोले दुई कन्टेनरमा क्षति

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै शुक्रबार दिउँसो गएको पहिरोमा परेर दुईवटा कन्टेनरमा क्षति पुगेको छ।

पार्किङमा राखेको कन्टेनरमा आगलागी

वरिपरि रहेका कन्टेनरहरू हटाएर आगो निभाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए।

१८ चक्के भारतीय कन्टेनरले हटौंडामा ७ वटा सवारीलाई ठक्कर दिएपछि...

पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर दुई जनाको मृत्यु भएकोे छ। मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपालीसँग सहुलियतमा कारोबार गर्न सिपिङ कम्पनीको ओइरो

तेस्रो मुलुकबाट नेपालको लागि मालसमान बोकेर आउने कन्टेनरको संख्या वार्षिक लाख हाराहारी पुगेपछि नाम चलेका ठूला सिपिङ कम्पनीहरु विभिन्न सहुलियतका प्रस्ताव सहित नेपाल ओइरिन थालेका छन्।

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीहरुसँग छलफल गरिएको छ। बिहिबार काठमाडौंमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सो नाकामा कसरी ढुवानीलाई सहज र सरल बनाउने विषयमा छलफल गरेको हो।

रसुवागढीमा बुधबारदेखि कन्टेनर सञ्चालन

रसुवागढी नाकाबाट बुधबारदेखि कन्टेनर सञ्चालन सुरु भएको छ । विभिन्न माग राख्दै सोमबारदेखि कन्टेनर नचलाएका व्यवसायीले जिल्ला प्रशासन कार्यालयसँग मौखिक सहमति गरेर बुधबारदेखि कन्टेर सञ्चालन सुरु गरेका हुन् । रसुवागढी नाका व्यवस्थापन समितिले रसुवागढी नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने भन्दै ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको थियो । व्यवसायीले ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’अनुसार सामग्री आयात तथा निर्यात गर्ने बताएका छन् । प्रशासनले सुरु गरेको प्रणालीमा आधारित भएर नाका व्यवस्थापन गर्ने मौखिक सहमति भएको व्यवसायी पेम्बा तामाङले बताए ।

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो।

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन बन्द

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन ठप्प भएको छ।रसुवागढी नाका व्यवस्थापन समितिले पाँचबुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका हुन्।सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै समितिले सीमित व्यापारीले नाका अस्तव्यस्त बनाएको भन्दै आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

वीरगन्जबाट कन्टेनर बन्द वस्तुको आयात बढ्दो

मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने कन्टेनर बन्द सामानको आयात करिब १७ प्रतिशतले बढेको छ । भारतका समुद्री बन्दरगाह हुँदै अन्य मुलुकसँग नेपालको रेललाइनमार्फत सम्पर्क गराउने सिर्सिया सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३९ हजार एक सय ६ वटा कन्टेनर (२० फिट एकाइ) मा विदेशी सामान भित्रिएको छ । गत वर्ष यसै अवधिमा ३३ हजार चार सय ७१ वटा कन्टेनर भित्रिएका थिए ।

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

यस्तो बन्यो उत्तरी नाकामा पहिलो अत्याधुनिक बन्दरगाह (फाेटाे फिचर)

चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ । २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

चालक तथा सहचालकलाई ‘चाइना पास’ दिन सुरु

चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकलाई चीन प्रवेशका लागि अस्थायी अनुमति पत्र दिन सुरु भएको छ। लामो समयदेखि पहल थालिएको भए पनि सोमबारदेखि औपचारिक रूपमा प्रवेश अनुमति पत्र दिन सुरु गरिएको हो। सोमबार चिनियाँ पक्षले सन्तबहादुर वाइबालाई पहिलो पटक पास उपलब्ध गराएको हो।

हिमपातका कारण सामाग्री आयात निर्यात ठप्प

चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि सामाग्री आयात तथा निर्यात ठप्प भएको छ।  चीनको केरुङबाट सामाग्री बोकेर नेपाल आउन लागेका तथा केरुङ जान लागेको कन्टेनर बीच बाटोमै  रोकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्