बैंक ब्याजदर विरुद्ध पोखराका व्यवसायी आन्दोलित
बैंक तथा वित्तीय संस्थाले कर्जाको साँवा र ब्याजदर बढाएर धरपकड गरेको भन्दै पोखराका उद्योगी–व्यवसायीले आन्दोलन गर्ने भएका छन्। पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा भएको भेलाबाट उनीहरुले संघर्ष समिति समेत गठन गरेका छन्।