३० वैशाख २०८१ आइतबार
image/svg+xml

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

मानव बेचबिखनविरुद्ध एकजुट हुन आग्रह

छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्‍याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ।

अवैध रूपमा अमेरिका जान खोज्दा ठगिए युवा

रुकुम (पूर्व र पश्चिम) मा अमेरिका छिर्ने अभियानको होड चलेको छ। उक्त होडका कारण मानव तस्करी गर्नेलाई सघाउ पुगिरहेको छ।

मानव बेचबिखन आरोपमा पक्राउ जोडीमाथि म्याद थपेर अनुसन्धान

स्थानीय ३ जना महिलालाई प्रलोभनमा पारेर बेचबिखन गर्न खोजेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका २ की ४० वर्षीया कुमारी परियार र २ नं प्रदेश, सप्तरीको कन्चनरुप नगरपालिका ८ का २७ वर्षीय मोहम्मद नजिर पक्राउ परेका हुन्।

यौन धन्दा चलाउने २ महिलामाथि ‘मानव बेचबिखन मुद्धा’

होटल सञ्चालनको नाममा अवैध यौनधन्दा चलाएको आरोपमा सदरमुकाम गाईघाटका २ महिलामाथि प्रहरीले ‘मानव बेचबिखन मुद्धा’ दर्ता गरेर कारबाही थालेको छ।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त ९ बर्ष पछि पक्राउ

अदालतले जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला गरको थियो।

मानव बेचबिखनको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

मानव बेचबिखनको आरोपमा काठमाडौँको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदित नारायण शाह पक्राउ परेका छन्। उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन्।

मानव बेचबिखनका दोषी ३४ वर्षपछि पक्राउ

फरार अपराधी खोजी अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई दुबाचौरस्थित घरबाटै पक्राउ गरेको हो। पक्राउपछि तामाङलाई सोमबार जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिब बुढाथोकीले जनाए।

राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय

भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे।

नेपाल र नाइजेरियाकाबीच मानव बेचबिखनबारे अनुभव आदानप्रदान

शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिइ हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए।

मानव बेचबिखन मुद्दाका फरार चोपनाथ नेपाल २० वर्षपछि पक्राउ

उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए।

महिलालाई बिक्री गरेको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोकाअनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्