६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

छात्रावासको मापदण्ड तोकिनुपर्ने

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले समाजको विकास तथा राम्रा कार्यका लागि नपुग भएका कानूनलाई प्रक्रिया पुर्याएर अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

महिनावारीले छात्रा ५० दिन विद्यालय बाहिर

छाउ कुप्रथाको कारण देखाउँदै अधिकांश छात्राहरु नियमित विद्यालय जानबाट वञ्चित भएका छन्। अभिभावकदेखि सामाजिक कुसंस्कारका कारण छात्राहरु वर्षमा करिब ५० दिन विद्यालय जानबाट वञ्चित बन्ने गरेका छन्।

सामुदायिक विद्यालयमा छात्रा बढी

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ ।

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् ।

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

सुनसरी सदरमुकाम इनरुवा ६ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकले लामो समयदेखि विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौनदुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ।

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो सुरु

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता–२०७४ आजबाट शुरु भएको छ। विद्यालयस्तरमा अध्ययनरत छात्राहरुहका लागि विभिन्न तौल समूहमा प्रतियोगिता आयोना गरिएको हो।

ढाकामा नेपाली छात्राकाे मृत्यु

डेन्टल अध्ययनको लागि बंगलादेश गएकी नेपाली छात्रा मृत भेटिएकी छिन् । ढाकास्थित पायोनियर डेन्टल कलेज एन्ड हस्पिटलमा अध्ययरत २० वर्षीया बिनिशा साह मंगलबार बिहान छात्रावासको पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

छात्रा युगलमा नेपाललाई उपाधि

प्रेरणा कोइराला र सलोनी तामाङको नेपाली जोडीले बुधबार केशा ग्रुप एएनएलटिए यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत छात्रा युगलतर्फको उपाधि जितेका छन् ।

सांसद विकास कोषबाट छात्रालाई साइकल

विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई ६ लाख बराबरको साइकल वितरण गरेका छन् । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न सिम्रा माध्मिक विद्यालय भवानीपुरका कक्षा ८ र ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेका हुन्।

छात्रावासमा बस्दै आएका छात्रको हत्या

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा बस्दै आएका अन्दाजी २३ वर्षीय छात्र डम्बर जाग्रीको शनिबार बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ।

परीक्षा दिन आएकी छात्रा बेहोस

जनता मावि महत गाउँ केद्रमा कक्षा ११ को परीक्षा सहभागी हुन आएका एक जना छात्रा बेहोस भएकी छन्। कालिका माविमा अध्ययनरत अन्दाजी १७ वर्षीया अनिता वम बहोस भएकी हुन्।

स्कुल बसको ठक्करले छात्राको मृत्यु

वीरगन्जको महावीरस्थान चोकमा साेमबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

साइकल वितरणपछि विद्यालय जाने छात्रा बढे

साइकल पाएपछि रौतहटमा विद्यालय जाने छात्राको संख्यामा वृद्धि भएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ मा चार महिना पहिलेको तुलनामा नियमित विद्यालय जाने छात्राको संख्यामा वृद्धि भएकोे हो ।

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको साेमबार बिहान जिपबाट खसेर मृत्यु भएको छ।

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्