१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रवीण र सुरुचीले जिते स्वर्ण

महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

महालक्ष्मी नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन्।

सिंहदेवी स्कूलको भवन उद्घाटन

महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख परशुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ।

कोभिङ–१९ रोकथाममा महालक्ष्मी नगरपालिका झन् सक्रिय

महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ।

मानव मलमूत्र व्यवस्थापनमा महालक्ष्मी अग्रणी

अबदेखि महालक्ष्मी नगरपालिकावासीले मानव मलमूत्रलाई प्रशोधनबिना खुला ढल तथा नदीनाला अथवा जमिनमा मिसाउन पाइनेछैन, विनियमको उल्लंघन गर्ने सजायको भागीदार हुनुपर्नेछ।

लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यहीँ असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्