३१ वैशाख २०८१ सोमबार
image/svg+xml

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हात पारेको छ ।

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

नेपाल दूरसञ्चार कम्पनीको आम्दानी साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा साढे पाँच प्रतिशतले घटेको हो।

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

स्याटेलाइट टेलिकमको बजार हिस्सा १ प्रतिशत

वैदेशिक लगानीका रूपमा ल्याएको रकम नरोक्न सर्वोच्चको आदेशपछि चर्चामा आएको नेपाल स्याटेलाइट टेलिकम प्रालिको बजार हिस्सा एक प्रतिशत रहेको छ । यस टेलिकममा व्यवसायी अजयराज सुमार्गीको १५ प्रतिशत शेयर रहेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मुलुकमा सञ्चालनमा रहेका ६ दूरसञ्चार सेवा प्रदायकमध्ये स्याटेलाइटको अवस्था तल्लो स्तरमा छ ।

नेपाल टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

टेलिकमले ल्यायो बिनाब्याजको सापटी

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई नयाँ सुविधा थप्ने क्रममा सापटी सेवा सुरु गरेको छ । यो सेवा सुरु भएपछि अब कुरा गर्दौगर्दै ब्यालेन्स सकिए पनि लाइन काटिने छैन ।

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

टेलिकमले ल्यायो विन्टर अफिर

नेपाल टेलिकमले ‘विन्टर अफर’ ल्याएको छ । जाडो मौसमका लागि भन्दै विभिन्न प्रकारको अफर पुस ७ देखि २१ गते सम्मकायम रहने टेलिकमले जनाएको छ ।   कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ ।

टेलिकमको ‘विन्टर अफर’ : डाडामा विशेष बोनस

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ।  कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ।

टेलिकमका अफर थप तीन महिना

नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । कम्पनीको प्रवद्र्धनात्मक अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर माघ २४ गतेसम्म कायम रहनेछ ।

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

स्मार्ट टेलिकमले ल्यायो फोरजी

निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी हालसम्म कै उच्चगतिको फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी गराइयो।

नेपाल टेलिकमको 'तिहार अफर'

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कल आम्दानी घट्यो

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा झन्डै २२ प्रतिशतले कमी आएको छ । गत वर्ष अन्तर्राष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्