४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

कास्कीमा रासायनिक मल पर्याप्त

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।

८२ प्रतिशत धान रोपाइँ

असार मसान्तसम्ममा मुलुकभर ८२ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार बर्खे रोपाइँ हुने १३ लाख ७१ हजार सात सय ६ हेक्टर क्षेत्रफलमध्ये ११ लाख १९ हजार ९१ हेक्टरमा रोपाइँ सकिएको छ।

रोपाइँ सकिन लाग्यो, मल आउन अझै एक महिना

कृषि विभागको तथ्यांक अनुसार गत साता नै ६० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको थियो। उक्त तथ्यांकलाई आधार मान्दा अधिकांश ठाउँमा रोपाइँ सकिएको छ।

म्याग्दीमा ४० प्रतिशत रोपाइँ सकियो

धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

विराटनगरमा धान रोपाइँ २१ प्रतिशत

मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ।

किन सधैं रोपाइँकै बेला रुवाबासी ?

चालू वर्षका लागि सरकारले युरिया दुई लाख ६० हजार, डिएपी एक लाख ७९ हजार र पोटास १० हजार पाँच सय ९९ टन खरिदको लक्ष्य राखेको थियो, जसमा ७१ हजार पाँच सय युरिया र ५९ हजार पाँच सय टन डिएपी आउन बाँकी छ ।

रोपाइँको सिजन, मल अभाव

प्रदेश १ मा धान लगाउने सिजनमै रासायनिक मल अभाव भएको छ । समयमै आयात नहुँदा धान लगाउने सिजनामा मल अभाव भएको हो । सरकारले कृषिलाई प्राथमिकता राखेको बताइरहे पनि मुख्यबाली धान लगाउने सिजनमै मल अभाव भएपछि भनाइ र व्यवहारमा फरक देखिएको छ ।

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्