१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका एक नेताले बताए।

राजीनामा नदिने अडानले संकट थप गहिरिने

संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रूपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक नै अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ ।

इजलासमा संसद् बैठक मिति तोक्न माग

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसमा वैशाखमा चुनाव हुने सम्भावना नभएको दाबीसहित संसद् बैठक बोलाउने मिति तोक्न इजलाससमक्ष माग भएको छ। सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले उठाएका प्रश्नमा रिट निवेदकका तर्फबाट जबाफ दिँदै कानुन व्यवसायीले अहिलेका सन्दर्भमा निर्वाचन संवैधानिक र व्यावहारिक नभएको जिकिर गरेका छन्।

प्रमुख प्रतिपक्षबिनानै संसद् सुरु

प्रमुख प्रतिपक्ष दलका सांसदको सहभागिताबिनानै कर्णाली प्रदेशको छैटौं अधिवेशनको २३ बैठक शनिबार सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको र आगामी आर्थिक वर्षका लागि डल्लो बजेट ल्याएको भन्दै नेपाली कांग्रेसले असार ११ र १२ गतेदेखि संसद् अवरुद्ध गरेको थियो ।

लगातार दुई पटक संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई पटक अवरुद्ध गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार लगातार संसद् अवरुद्ध गरेको हो।

किन स्थगित गरियो १७ गतेसम्म संसद् बैठक ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने तीव्र विवाद भइरहेका बेला प्रतिनिधिसभाको बैठक असार १७ गते बस्नेगरी स्थगित भएको छ।

संघीय संसद् बैठकस्थल तयारी पूरा

संघीय संसद्को बैठकस्थलको तयारी लगभग पूरा भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकस्थल तय भएपछि दुई महिना अघिदेखि व्यवस्थापन कार्य सुरु गरिएको थियो ।  राष्ट्रियसभा ५९ सदस्यीय र प्रतिनिधिसभा २७५ सदस्यीय छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्