६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।

विश्व पर्यटन दिवसमा प्रभातफेरी

शुक्रबार ४०औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाइएको हो।

उरुग्वेको ऐतिहासिक जित

रग्बी विश्वकपको इतिहासमै तेस्रो पटक जित निकालेको उरुग्वेले समूह ‘डी’ बाट नकआउट चरणको दाबेदार मानिएको फिजीलाई ३०–२७ को रोमाञ्चक स्कोरमा स्तब्ध बनाउँदै यस विश्वकपमा यादगार सुरुआत गरेको हो।

सिञ्जामा विश्व भाषा सम्मेलन तयारी

प्रदेश सरकार मातहत प्रदेश संग्राहलय छ। यो संग्रहालयमा जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायसँगै अन्य लोपोन्मुख जातजातिका परम्परागत पोसाक र अन्य सामग्री संग्रहित छन्।

सामोआको विजयी सुरुआत

रसियालाई स्तब्ध बनाउँदै सामोआले जापानमा जारी विश्वकप रग्बीमा विजयी सुरुआत गरेको छ। साइतामास्थित कुमगया रग्बी स्टेडियममा मंगलबार समूह ‘ए’ को खेलमा सामोआले रसियालाई ३४–९ स्कोरले हराउँदै विजयी सुरुआत गर्यो।

कांग्रेसको विरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

देशसभाको आइतबार बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ।

संसदमा कांग्रेसको नाराबाजी, रोष्ट्रमबाटै प्रतिवेदन थुत्ने प्रयास

नाराबाजीका क्रममा कांग्रेसका सांसदहरुले रोष्ट्रमबाटै प्रतिवेदन थुत्ने प्रयास समेत गरेका थिए। सभापति थापाले नाराबाजीका बीच वाचन गरिरहेको प्रतिवेदन थुत्न खोज्दा समयसुचक बल्ब पनि फुटेको छ।

बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।

राजनीतिको दलदलमा प्राज्ञिक संस्था

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको सेवाअवधि ७ भदौमा पूरा भयो। रजिष्ट्रार कार्तिकेय झाको कार्यकाल पनि २६ भदौमा सकियो। शिक्षाध्यक्ष रमेशप्रसाद ढकालको कार्यकाल असोज २७ मा सकिँदैछ। खाली भएका पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा अहिले राजनीतिक वृत्तमा छलफल चलिरहेको छ।

चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भए फिर्ता देऊ: त्रिवि

त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए फिर्ता गर्न अनुरोध गरेको छ।

नेपाल पाँच स्थान माथि

नेपालले फिफा विश्व वरीयतामा ५ स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६६औं स्थानबाट १ सय ६१ औं स्थानमा उक्लिएको हो।

‘नेपालका सम्भावनाका क्षेत्रलाई विश्वमाझ पुर्याउन सगरमाथा संवाद मञ्च स्थापना’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रियस्तरको मञ्च स्थापना गर्नु परेको बताएका छन्।

रग्बी टोली जापानतर्फ

जापानमा हुने कार्यक्रममा सहभागी हुन तीन सदस्यीय नेपाली रग्बी टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। विश्व रग्बीको ‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रममा सहभागी हुन दुई खेलाडी र एक प्रशिक्षक मंगलबार जापान प्रस्थान गरेका हुन्।

शिल्पीको सम्मानमा विश्वकर्मा पूजा

श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो।

‘मुक्तिनाथमा पितृ तपर्ण गर्न नदिने समूहलाई तत्काल पक्राउ गर्न सरकारसँग माग’

विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्