१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

मोटरसाइकल चोर्ने सशस्त्र प्रहरी निरीक्षक तानिए गण

सर्लाहीको मलंगवाबाट चोरी भएको मोटरसाइकलसहित फेला परेका सशस्त्र प्रहरी निरीक्षक अंगद खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई बचाउने चलखेल सुरु भएको छ।

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

पैसा पाउन बालकको हत्या गरेको मुख्य आरोपीको बयान

सर्लाहीको मलंगवामा अपहरणपछि हत्या गरिएको काण्डको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’

घुससहित प्रहरी निरीक्षक पक्राउ

कानुन व्यवसायीमार्फत सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रहरी निरीक्षकले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलासा

सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्