मनाङ र मुस्ताङका किसानलाई उन्नत याक
गण्डकी प्रदेश सरकारले याक तथा चौरी पालक किसानलाई १९ वटा उन्नत प्रकारको याक वितरण गरेको छ।
गण्डकी प्रदेश सरकारले याक तथा चौरी पालक किसानलाई १९ वटा उन्नत प्रकारको याक वितरण गरेको छ।
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।
सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।
चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्।
एसियाकै ठुलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले गरेका छन्।
चिसोले हिमाली जिल्लाका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्नका लागि गाउँलेहरु धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानी समेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हिमाली जिल्लाको रातीको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ।
मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।
सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। उच्च हिमाली भेगको तापक्रम हिमपात पछि निकै नै घटेको छ। हिमपातका कारण हिमाली जिल्लाको माथिल्लो भेग सेताम्य भएका छन्। चिसो बढेका कारण पर्यटकीय गतिविधि पनि कमजोर बनेका छन।
हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ। हिउँको घुम्टोमा लुकेझैँ लाग्छ सुन्दर मनाङ। हिउँले जनजीवन असहज भएपनि बाली सप्रने भन्दै किसान खुसी भएका छन्
सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा यो वर्षकै पहिलो पटक हिमपात भएको प्रहरीले बताएको छ। मुस्ताङको माथिल्लो भेगमा एकफिटसम्मको बाक्लो हिउँ परेको छ। हिमपातले ती जिल्लामा चिसो पनि बढेको छ।
सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५ सय ७६ जना छन्।
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।
मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ।