११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

गएरातिको वर्षाले काठमाडौंको नदी किनारका बस्ती डुबानमा

काठमाडौंमा गएराती परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परेका छन्। वर्षासँगै आएको बाढीले खोला किनारका बस्तीहरु डुबानमा परेका हुन्।

‘कल्भर्ट निर्माण ढिलाइले कपनमा डुबान’

ठेकेदारले समयमै कल्भर्ट निर्माण पूरा गर्न नसक्दा र अझै कति समय लाग्ने भन्ने उकिन नहुँदा कपनको डुबान समस्या तत्काल समाधान हुने अवस्था नदेखिएको उनीहरूको भनाइ छ।

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

बाढी पहिरोमा परी ७७ को मृत्यु, २७ बेपत्ता

सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।

बाढीपहिरो अपडेटः मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ।

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

सुकुम्बासीहरूको उठिबास

वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको जस्ताको घर पहिरोका कारण जोखिममा परेको छ।

जमिनले सोस्न नभ्याउँदा बाढी

सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन्। एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ।

कपिलवस्तुका एक दर्जन बस्ती डुबानमा

घरको पर्खालहरु भत्केर घरमा रहेका खाद्यान्न लत्ताकपडाहरू पानीले भिजेर सबै काम नलाग्ने भएको उनले बताए। यस्तै बाढीले अरौराकोटमा बनाईएको कनकमुनी पार्कको पर्खाल समेत क्षति गरेको छ।

खोलामा डुबेर वृद्धाको मृत्यु, करिब डेढ सय घर डुबानमा

कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

वर्षेनी डुबानमा कपन

ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन्।

राजधानीकै बस्ती डुबानमा

ढल व्यवस्थापन राम्रो नभएका कारण वर्षाको पानीले काठमाडौं उपत्यकाका सहरी बस्ती नै जोखिममा परेको विज्ञहरूले बताउँदै आएका छन्। तर, सरकारी निकायले ढलको उचित व्यवस्थापन र खोला क्षेत्रका बस्ती स्थानान्तरणमा चासो दिएको छैन।

बर्खाले बस्ती डुबान, नदीका बाँध कटान

जरना गोइठा सब भिजगेलै(दाउरा गुइठा सबै भिजिसक्यो) मुखियाले भने,‘ने चुल्ही रहलै ने जलाबन आ ने चाउर दाईल आब कि खा क रहबै(न चुल्हो जोगियो न दाउरागुइठा, चामल दाल पनि भिजेपछि अब के खाएर बस्नु)।’

डुबानको निकास खोल्न खोज्दा झडप, १० प्रहरी घाइते

अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्