२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रिम्याचुर शिशुका अभिभावकलाई सचेतना

समय नपुगी जन्मिएका (प्रिम्याचुर) शिशुका अभिभावकलाई विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले हेरचाह र उपचार सम्बन्धी सचेतना गरेको छ।

भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।

ताप्लेजुङमा एक बर्षमा ह्वात्तै घट्यो बाल मृत्युदर

आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आब २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ। आब २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो। तर,ताप्लेजुङ जिल्ला अस्पतलमै आएर सुत्केरी भएकाको संख्या भने एकबर्षको अन्तरालमा कमी देखिएको छ।

झापाको पालिया खोलामा शिशुको शव फेला

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

बाल विकास केन्द्र: ४ जना आयादिदी माग भएकोमा एक सय २४ जनाले दिए निवेदन

नगरपालिकाले नगरपालिकाबाट नगरका विभिन्न ठाउँंहरुबाट सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रका लागि चार जना आयादिदी माग भएको सूचना स्थानीय पत्रिकामा प्रकाशित गरेको थियो। प्रकाशित भए अनुसार चार जनाका लागि एक सय २४ जनाको निवेदन परेको नगरपालिकाले जनाएको छ।

चम्ल्याहा शिशुलाई ग्रीनसिटीको सहयोग

सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ।

जन गणनामा मातृ मृत्युको तथ्यांक समेटिने

सन् २०१६ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले मातृ मृत्युको तथ्यांक संकलन गरे पनि राष्ट्रिय जनगणनामा समावेश गर्न लागिएको यो तथ्यांक फरक रहेको परिवार कल्याण महाशाखा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. पुन्य गौतमले बताइन्।

बैतडीमा नवजात शिशु मृत्युदर बढ्यो

बैतडीमा गत आर्थिक वर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

गर्भमै शिशुको मृत्यु रोकिएन

गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

महिलाले गरिन् आफ्नै नवजात शिशुको हत्या

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दश महिने शिशुलाई अपहरण गरी बेपत्ता पारियो

यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन्।

नाटकीय ढङ्गबाट शिशुको अपहरण, एक व्यक्ति पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।

चार महिने शिशु भारतकाे अस्पतालमा बन्धक, पैसा खाेज्न आमाबुबालाई नेपाल पठाइयाे

आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ। हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाईसमेत पैसा खोज्न नेपाल फर्काइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्