उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।
आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।
बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्ष भित्र ‘बाध्यताको वैदेशिक रोजगारी’ अन्त्य गरिने दाबी गरेका छन्।
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले श्रम स्वीकृति लिएका छन्।
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ।
बाँकेको कोहलपुर नगरपालिका– १४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इन्डस्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन्।
सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि सरकारले झन्डैझन्डै सातैपिच्छे सचिवहरूको सरुवा गर्ने गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चौथोपटक सचिवको सरुवा गरेको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्।
मुलुक अहिले जस्तो दुरावस्थामा शायद कहिल्यै थियो। जनता अब आफैंँ जुर्मुराएनन् भने सबै नीतिको मियो राजनीतिले यो मुलुकलाई भडखालोमा लगेर जोत्ने निश्चित प्रायः छ।
कुनैबेला वैदेशिक रोजगारीमा जान अनिवार्य मानिएको श्रम स्वीकृति लिनै तीन–चार दिन लाग्ने गरेकामा यतिबेला भने सबै प्रक्रिया पूरा गरेको छ भने करिब तीन मिनेटभित्रै यस्तो स्वीकृति पाइने भएको छ।
न लेखपढ न त कतै बाहिरफेरै गएको। त्यसैले एक्लैदुक्लै भारत जानु पनि यहाँका बासिन्दाका लागि निकै कठिन काम हो।
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन सक्ने भएको छ।
वैदेशिक रोजगारीका लागि कुबेत गएकी मेचीनगर नगरपालिका– ८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन्।