७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जुम्लामा एकीकृत क्वारेन्टिन

पछिल्लो समयमा भारतदेखि भित्रिनेको क्रम सुरु हुन थालेपछि जुम्लामा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ । फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरीय मापदण्ड अनुसारको क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले मापदण्डअनुसारको एकीकृत क्वारेन्टाइन निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

गोरखा आउनेलाई सोझै क्वारेन्टाइनमा

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकालाई सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ। गोरखाबाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकालाई स्थानीय तह र प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो।

ताप्लेजुङमा ६ जना क्वारेन्टाइनमा, विदेशिएका नागरिकको बिवरण तयार पार्न सुरु

पूर्णतया खाली भईसकेका ताप्लेजुङमा क्वारेन्टाइनमा फेरी संख्या थपिने क्रम सुरु भएको छ । शुक्रबारसम्ममा यहाँका २ स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ६ जना रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङको क्वारेन्टाइनमा ४ तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ३ तिरिङ्गेको रहेको क्वारेन्टाइनमा २ जना गरी अहिले जम्मा ६ जना क्वारेन्टाइनमा रहेका छन् ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

गोरखा आउनेहरु सिँधै क्वारेन्टाइनमा

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई स्थानीय तह, प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो ।

ताप्लेजुङमा अब १ जना मात्र क्वारेन्टाइनमा !

शनिवारबाट ताप्लेजुङमा १ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरेर रिपोर्टका आधारमा क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा पठाइएपछि यहाँका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा अहिले जिल्ला भरमा १ जना मात्र रहेका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार शनिबार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा १७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

उदयपुरका क्वारेन्टाइन रित्तिँदै

त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोविड–१९) को केन्द्रबिन्दु मानिन पुगेको उदयपुरमा यो साता दिनयता क्वारेन्टाइन रित्तिँदै गएका छन्।

कोसी ब्यारेज क्वारेन्टाइनबाट १९ भारतीय तीन दिनदेखि बेपत्ता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित एक क्वारेन्टाइनमा पछिल्लो दुई सातादेखि बस्दै आएका मध्यै १९ जना भारतीय नागरिक पछिल्लो तीन दिनदेखि बेपत्ता रहेका छन् । बुधबार मध्य रातिबाटै ती १९ जना भारतीयहरु बेपत्ता रहेको सँगै बस्दै आएकाहरुले बताएका छन् ।

रसुवामा ४ सय ४२ जना सेल्फ क्वारेन्टाइनमा

लकडाउनको कारण काठमाडौं लगायत अन्य जिल्लामा अलपत्र परेर रसुवा भित्रिएका रसुवाका नागरिक सेल्फ क्वारेन्टाइनमा बसेका छन् । जिल्लामा अहिले ४ सय ४२ जना सेल्फ क्वारेन्टाइनमा बसेका सरकारी तथ्याङ्क छ ।

कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता बढाइयो

भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ।

मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न अदालतको आदेश

भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिने नागरिकलाई क्वारेन्टाइनमा राख्न मापदण्ड हुबहु लागू गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश दिएको छ ।

कल्भर्टमा बसेकाहरुको उद्वार

चार दिनदेखि सीमावर्ती झुलाघाटमा सडकको कल्भर्टमा बस्दै आएका आठ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । भारतीय प्रशासनले कल्भर्टबाट उद्वार गरी मोनाकोट क्वारेन्टाइनमा राखेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । कल्भर्टमा बस्दै आएको जानकारी पाएपछि भारतीय प्रशासनलाई उद्धारको लागि आग्रह गरिएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए ।

आरडिटी किट र भिटिएम अभावले परीक्षण प्रभावित

संक्रमितको सम्पर्कमा आएका वा बाहिरबाट आएर जिल्लाको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरूमा कोरोना परीक्षण गर्न आवश्यक पर्ने आरडिटी किट र भिटीएम अभाव भएको छ।

क्वारेन्टाइनका लागि उपयुक्त बने विद्यालय

बन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ।

उद्धारपछि होम क्वारेन्टाइनमा

मजदुरीका सिलसिलामा हेटाै‌डा पुगे पनि काठमाडौंमा आई अलपत्र परेपछि रावाबेंसी गाउँपालिका–१ कुभिन्डेका १० स्थानीयलाई आइतबारदेखि होम क्वारेन्टाइनमा राखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्