९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो

फाइल तस्बिर।

संयुक्त अरब इमिरेटस (युएई)ले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको योगफल बनायो। युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बल खेलेका उनले सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएका हुन्।

त्यसैगरी मोहम्मद वासिमले ४४ रन जोडे भने वृत्य अरविन्दले ४० रन जोडे। एलिसान सारिफुलले २९, अमेद राजाले २७ तथा आयन अफजल खानले २६ रन बनाए। बलिङतर्फ नेपालका गुल्शन झाले दुई विकेट लिए भने सोमपाल कामी र दिपेन्द्र सिहं ऐरीले समान एक विकेट झारे।

घरेलु मैदानमा नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। जसअनुसार नेपालले दोस्रो खेल कात्तिक ३० गते खेल्नेछ भने तेस्रो खेल मङ्सिर २ गते हुनेछ।

प्रकाशित: २८ कार्तिक २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App