२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने भएको छ। काठमाडौंमा शुक्रबार क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गरेर हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आम निर्वाचनका कारण तीन साता पछाडि सारेको जनाएको हो।

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ।   २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्नेक्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सूचिमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइटमा सम्बोधन गरेको हो। एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो।  

त्यसअघि नेपालगञ्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२।१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दूरीको रुट प्रमाणीकरण गराएको थियो। यस वर्ष विभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ। कर्पोरेट रनतर्फ महिलालाई यसवर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०७९ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App