६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रदीप, प्रणव क्वार्टरफाइनलमा

प्रदीप खड्का र प्रणव खनालले राजधानीमा जारी दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।  सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको प्रतिस्पर्धामा प्रदीपले आयुष्मानहजुर घलेलाई ६–३ र ६–३ ले स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएका हुन्। यसअघि प्रणवले प्रि–क्वार्टरफाइनलको प्रतिस्पर्धामा राजवीर प्रधानलाई ६–२ र ६–० ले हराएर क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

पुरुष एकलतर्फ नै प्रणव मानन्धरले गोविन्द नेपालीमाथि ६–१ र ६–१ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान बनाउँदा गौरवप्रताप शाहीले सुशल मोक्तानलाई ६–० र ६–० को सेटमा हराए। गौरवले पनि क्वार्टरफाइनलमा स्थान पक्का गरे। क्वार्टरफाइनल पुग्ने अन्य खेलाडीमा सौगात विक, निहल जंगबहादुर थापा, निसन श्रेष्ठ र ऋतिक राना छन्।

यस्तै पुरुषको ३५ वर्षमाथिको एकल प्रतिस्पर्धामा सन्तोष कार्की, जितेन्द्र परियार, कमल भण्डारी र सीमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाउँदा पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ, रोहित सुनुवार, मनोजविक्रम शाह र विमलकुमार गुरुङले अन्तिम चारको यात्रा तय गरे।  

प्रकाशित: २४ कार्तिक २०७९ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App