६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रदीप र प्रणवको जोडी फाइनलमा

प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।

ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६–१ र ६–१ को सेटमा हराएर अन्तिम दुईमा स्थान बनाएको थियो। ३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाउँदा यसै स्पर्धामा सन्तोष खत्री र सीमान्त गुरुङको जोडीले फाइनल यात्रा तय गर्‍यो। निरेश श्रेष्ठ र विजयमान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सीमान्तको जोडी फाइनल पुगेको हो।

यस्तै आइतबारै सम्पन्न यु–८ गर्ल्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेका छन्। सेमिफाइनलमा साराले निम्ति कुँवर र थियाले प्रकृति ज्ञवालीलाई हराएका थिए। यु–८ ब्वाइजमा आर्यशराज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्यजंग कार्कीले सेमिफाइनलमा स्थान बनाए। यस्तै यु–१० ब्वाइजमा सुजन कुइँकेल र युभेनमान श्रेष्ठले फाइनलमा स्थान बनाउँदा गर्ल्सतर्फ मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गरे। यु–१२ गर्ल्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले फाइनलमा स्थान बनाए।

४५ वर्षमाथिको पुरुष डबल्समा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाईं र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा ५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरञ्जनकुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाए। 

प्रकाशित: २१ कार्तिक २०७९ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App