२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल तयारी

आगामी बिहीबारदेखि अमरसिंह ब्वाइज क्लबको आयोजनामा पहिलो पटक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुनेछ।

पोखरा अमरसिंहचौरको खेल मैदानमा यही कार्तिक १७ गतेदेखि ४५ वर्ष माथिको उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजनाको अन्तिम तयारी गरेको छ। आयोजनाको लागि आवश्यक तयारी पूरा भएको छ।

प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौँ, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए। प्रतियोगितामा आयोजक अमरसिंह क्वाइजको सेतो र निलो गरी दुई टोलीले प्रतिस्पर्धा गर्ने छन्।

हेटौडा, एक्स पोखरा, लेकसाइड, नाइटकिङ, र चितवन एउटा समूहमा छन्। त्यस्तै आयोजक अमरसिंह ब्वाइजको निलो, फ्रिडम फाइटर, एक्स वारियर, बुटवल, गण्डकी प्रदेश र धनगढी अर्को समूहमा छन्। पहिलो खेल आयोजक अमरसिंह ब्वाईज सेतोले एक्स पोखरासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

त्यस्तै दोस्रो खेल लेकसाइड भेट्रान्सले नाइटकिङसँग प्रतिस्पर्धा गर्ने छ। तेस्रो खेल बुटवलले गण्डकी प्रदेशसँग खेल्ने छ। उदघाटन भने दिउँसो २ बजे गर्ने कार्यक्रम छ। उदघाटन खेलको रुपमा आयोजक अमरसिंह ब्वाइज निलोसँग एक्स वारियरसँग खेल्ने खेल तालिका बनाइएको संयोजक गुरुङले जानकारी दिए।

प्रतियोगिता विजेताले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछ। उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छ। खेलमा म्यान अफ दि टुर्नामेन्टले नगद १० हजार प्राप्त गर्दा उत्कृष्ठ गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ठ प्रशिक्षकले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन्।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App