२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन्।

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।

फाइनलमा पराजित प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीले रजत पदक प्राप्त गर्दा बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले काश्य पदकमा चित्त बुझाए।

यस्तै महिला तर्फ एपीएफले स्वर्ण पदक जित्यो। एपीएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन्। उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक दिलाए। पराजित लुम्बिनी प्रदेशका ऋतीका र विमलाले रजत पदक प्राप्त गरे।

सो पतिस्पर्धामा प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी तथा नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कास्य पदक प्राप्त गरे। प्रतियोगिता अन्र्तगत अहिले मिक्स डबल्स्का खेलहरु भइरहेका छन्।

प्रकाशित: १ कार्तिक २०७९ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App