१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

महिला भलिबल : शसस्त्रको 'एपीएफ' फाइनलमा

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार विहान भएको खेलमा शसस्त्रले बागमती प्रदेशलाई १ का बिरुद्ध ३ सेट हात पादैं फाइनलको यात्रा तय गरेको हो। खेलको पहिलो सेट लुम्बीनले हात पारेपनि बाँकी ३ सेट एपीएफले जितेको छ। बागमतीले पहिलो सेटमा २५–२३ ले जित निकाल्न सफल भएको थियो भने एपीएफले २५–२२, २५–१६, ले सेटमा बागमती प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो।  

पहिलो र दोस्रो सेटमा निकै प्रतिस्पर्धामा खेलेको बागमतिले अन्तिम सेटमा भने कमजोर डिफेन्सको कारण एपीएफसँग पराजित भयो। एपिएफबाट प्रतिभा मालीको खेल लयमै भएपनि अन्य खेलाडीले डिफेन्सिपमा कमजोर खेलेका थिए।

विभागीय टोलीसँगको प्रतिस्पर्धात्मक खेल भने बागमतिले देखाउन सफल भएको छ। विभागीय टोलीसँग प्रदेश कमजोर भनेर अनुमान गरिएकोमा बागमतीले आफ्नो खेलबाट विभागीय टोलीलाई नै टक्कर दिन सक्ने सन्देश सहित सेमिफाइनलबाट बाहिरिएको छ।

भलिवलप्रेमी दर्शकको भिडमा भएको फाईनलमा एपीएफसंगै बागमति प्रदेशकी प्रतिभा मालिले उतकृष्ट खेल प्रस्तुत गरेकी थिईन। प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी निरुता थकुन्ना बनेकी थिईन। एपीएफसंग फाईनलमा भिड्नका लागि आज दिउँस २ बजे सेमिफाईनलमा नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १ कार्तिक २०७९ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App