१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

महिला क्रिकेट: बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  

मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान बनाएको हो। बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा अनिशा मजाकोटीले अविजित १६ रनको योगदान गरिन्। अस्मिता खरेलले १३ रन जोड्दा कञ्चन श्रेष्ठले ५ रन बनाइन्। मधेसका लागि सरस्वती चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो। मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। वागमतीले १९ रन अतिरिक्तका रुपमा खर्चियो। मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा वागमतीका लागि विपिसा शाही,सोनी पाख्रिन र खुशी डंगोलले २÷२ विकेट लिए।  

समूह ए मा रहेको बागमती ४ खेलमा ६ अंकका साथ उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो। मधेस भने ४ खेलमा ४ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट पुलिस क्लव समूह बिजेताका रुपमा सेमिफाईनल पुगिसकेको छ।

सोमबार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपाल एपीएफ क्लव र समूह बी को उपविजेता लुम्बिनी प्रदेशबीच खेल हुनेछ। दोस्रो सेमिफाइनलमा समूह बी को विजेता नेपाल पुलिस र समूह ए को उपविजेता बागमती प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: ३० आश्विन २०७९ ११:५६ आइतबार

नवौं राष्ट्रिय खेलकद