१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी, एपिएफसँग पराजित

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ विजयी भएको छ। 

लिग चरणको खेल अन्तर्गत आइतबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले जित निकालेको हो। विभागीय टोली बिचको निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा एपिएफले पहिलो सेटम २५–२०, तेस्रो २५–२१ र चौथो २५–२३ ले जित हात पारेको थियो।

प्रतियोगिता दोस्रो सेट त्रिभुवन आर्मी क्लबले २५–१९ ले जितेपनि अन्य सेटको खेलमा अन्तिममा सम्हालिन नसक्दा पराजय भोग्नुपरेको थियो।  प्रतियोगिता अन्तर्गत विभागीय र प्रदेशको खेल सोझो सेटमै विभागीय टोली हावी भएको अवस्थामा आजको खेलमा दुई विभागीय टोलीको खेल निकै रोचक भएको थियो। खेलको अवलोकनका लागि खुल्लामञ्चमा खचाखच दर्शकको उपस्थिती रहेकाे थियो।  

खेलमा एपिएफकी निरुता ठकुन्ना उत्कृष्ट खेलाडी घोषित भएको खेलका अफिसियल व्यवस्थापक तथा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए। उत्कृष्ट खेलाडीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले ट्रफि प्रदान गरेका थिए। खेलको अवलोकन गर्न शसस्त्र प्रहरी,नेपाली सेनाका उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो। 

दोस्रो खेल दिउँसो साढे १ बजे बागमति प्रदेश र मधेश प्रदेशका बीच हुनेछ। लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ। पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन्। समुह १ र २ मा तीन/तीन र समुह ३ र ४ मा २/२ वटा टिम छन्। आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित सहभागिता छन्।

यो पनि पढ्नुहोस्

एपिएफसँग आर्मी स्तब्ध

प्रकाशित: ३० आश्विन २०७९ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App