३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदको सबै तयारी पुरा

म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि हुने नवौं राष्ट्रिय खेलकुदको आवश्यक सबै तयारी पुरा भएको छ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा हुन गैरहेको राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको सबै तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। महिला भलिबल प्रतियोगिता सञ्चालनको लागि बेनीको खुलामञ्चमा खेलमैदान तयार पारिएको छ भने तेक्वान्दो प्रतियोगिता कालीपुलस्थित बहुउद्देश्यीय कबर्डहलमा खेलाइने भएको छ।  

महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न बेनीको खुलामञ्चमा खेलमैदानलाई व्यवस्थित बनाउने, अभ्यास खेल र भलिबलको कोर्ट तयार गर्ने, प्याराफिटमा रङ लगाउने, सरसफाइ गर्नेलगायत सबै तयारी सकिएका छन्। यसैगरी तेक्वान्दो प्रतियोगिता सञ्चालनका लागि पनि कालीपुलस्थित कबर्डहलमा आवश्यक पर्ने सबै व्यवस्थापनसहितका तयारी गरिएको छ। हालसम्म दुवै प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक पर्ने सबै तयारी पुरा गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिए।

यही असोज २७ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सयजना भन्दाबढी खेलाडी तथा अफिसियलहरु म्याग्दी आउने भएका छन्। महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनसहित कुल ११ वटा टिमले सहभागिता जनाउने बताइएको छ।

उद्घाटन खेल गण्डकी प्रदेश र सुदुरपश्चिमाञ्चल बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए। लिगमा खेलाइने खेलमा म्याग्दीका साथै जिल्ला बाहिरबाट समेत उल्लेखनीय दर्शक आउने बताइएको छ।

प्रकाशित: २६ आश्विन २०७९ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App