२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

पाहुना टोली पन्छाउँदै आयोजकले जित्यो उपाधि

पाहुना टोली दमकलाई पन्छाउँदै आयोजक–११ ले ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि जितेको छ।  

शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल फरकमा हराउँदै उपाधि जितेको हो। दुवै टोली मध्यान्तरसम्म १–१ गोलको बराबरीमा रहेका थिए। मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन गरेपछि थप २ गोल गर्दै जित आफ्नो पक्षमा पारेको हो।  

खेलको २१ औं मिनेटमा दमकका अम्बर लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ३९ औं मिनेटमा आयोजकका विमल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए। ५३ औं मिनेटमा रमेश गुरुङले आयोजक टोलीका लागि दोस्रो गोल गरे। खेलको इन्जुरी समयमा आयोजकका डेनिम राईले गोल गर्दै जित सुनिश्चित पारे।  

खेलको म्यान अफ द म्याच आयोजकका संजीव बुढाथोकी, सर्वाधिक गोलकर्ता दमकका सुवास आङ्थुपो, म्यान अफ द सिरिज आयोजकका दीलिप बास्कोटा र फेयरप्ले विर्तामोड भेट्रान क्लब भएका छन्। आफूले पाएको पुरस्कार राशिको १० प्रतिशत रकम दमकले बन्टीका परिवारलाई प्रदान गर्‍यो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानिया, खेल संयोजक किशोर धमलालगायतले पुरस्कार प्रदान गरेका थिए। दमक–लखनपुर भेट्रान क्बलले शनिबार फाइनल खेल सुरु हुनु अघि मैदानमा फुटबलका पूर्व वरिष्ठ प्रशिक्षक सन्तोष बानियाँलाई सम्मान गरेको छ । बानियाँले फुटबल क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गरेको बताएको हो।

प्रकाशित: १६ आश्विन २०७९ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App