१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लिटिल एन्जल्सलाई उपाधि

लिटिल एन्जल्स स्कुलले छैटौं सुशील केडिया स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

जावलाखेलस्थित डिएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले फाइनलमा नेपाल पुलिस स्कुललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो। पुलिस स्कुलले सुरुआती गोल गर्दै अग्रता लिए पनि जोगाउन सकेन र उपाधि सुम्पियो। लिटिल एन्जल्सले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो। लिटिल एन्जल्सका लागि भार्गव सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे। पुलिस स्कुलका राम थापाले एक गोल गरेका थिए।

शुक्रबार नै सम्पन्न सेमिफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २–१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३–१ ले हराउँदै उपाधि भिडन्त तय गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा ग्रिनफिल्डले गान्धी आदर्शमाथि ३–१ को सफलता निकाल्यो। प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिस स्कुलका लक्ष्मण थानी भए। उत्कृष्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते। उदीयमान खेलाडीको ट्रफी लिटिल एन्जल्सका भार्गव सिलवालले पाए।

गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो। विजेतालाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे। सोही अवसरमा श्रेष्ठलाई सम्मानितसमेत गरिएको थियो। तीन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुल सहभागी थिए। यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डिएभी स्कुलले जितेको थियो।  

प्रकाशित: ८ आश्विन २०७९ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App