१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा हुने बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ।

एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको जानकारी दिएको हो। एन्फाले सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते साँझ ५ः३० बजे सुरु हुनेछ।

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार बिक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहरुसँग छलफल भइरहेको जनाएको छ।

नेपालले एएफसी एसियन कप तेस्रो चरणको छनोटपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। खेलका लागि एन्फाले प्रदीप हुमागाँईलाई कार्यवाहक प्रशिक्षकको जिम्मा दिएको छ।

प्रकाशित: ३० भाद्र २०७९ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App