२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल टी–२० मा ब्रेटली मेन्टरमा नियुक्त

अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेटलीलाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो। 

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्। 

पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि ६ टोलीको पनि टुब्गो लागेको छ। पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किब्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिष्पर्धा गर्दैछन्।

प्रकाशित: २४ भाद्र २०७९ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App