६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रौतहटका ९ कराँते खेलाडी प्रदेशका लागि छनौट

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको लागि रौतहटबाट खेलाडी छनौट आरम्भ गरिएको छ। पहिलो दिन रौतहटबाट कराँतेका ९ खेलाडी छनौट भएका छन्।

बिहीबार चन्द्रनिगाहपुरस्थित सितोरियो कराँते कभर्ड हलमा भएको जिल्लास्तरीय प्रतियोगिताबाट ९ जना खेलाडी छनौट भएका हुन्। छनौट भएका खेलाडीहरुमा हिमान्सु मगर, एलन श्रेष्ठ, कुशल बस्नेत, भीम पहरी, रचना पाण्डे, सानुमाया दोङ, रोजना राई, पाल्मो स्याङतान, प्रतीक्षा तामाङ रहेका छन्।

जिल्लाबाट छनौट भएर जाने खेलाडीहरुले मधेस प्रदेशस्तरीय प्रतियोगितामा चयन भएपछि गण्डकी प्रदेशमा हुने नवौँ  राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन्।

प्रकाशित: २३ भाद्र २०७९ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App