महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्ध खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन्। खेलमा दीपा शाही र अमिशा कार्कीले टिममा डेब्यु गरेकी छिन्।
नेपाल र भुटानबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार ५ः३० बजे सुरु हुँदैछ।
सुरुवाती एघार:
गोलकिपर, कप्तान : एञ्जिला तुम्बापो सुब्बा
फरवार्डः सावित्रा भण्डारी, अमिशा कार्की
मिडफिल्डरः अनिता बस्नेत, अनिता केसी, सरु लिम्बू, दीपा शाही
डिफेन्डरः गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल, अमृता जैसी,
प्रकाशित: २१ भाद्र २०७९ ११:४८ मंगलबार