१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा

प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा आयोजना हुने भएको छ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा असोज नौ देखि ११ गतेसम्म हुने प्रतियोगितामा २० टिमको सहभागिता रहने कार्यक्रम संयोजक प्रसयराज भण्डारीले जानकारी दिए।

सेभेन ‘ए’ साइडको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एकजना ४० वर्ष र ५० वर्ष पूरा भएको खेलाडी हुनै पर्ने आयोजकले जानकारी दिए। लैनचौरस्थित एनसेलले बनाएको मैदानमा हुने प्रतियोगिता नकआउटका आधारमा हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तीन दिनसम्म चल्ने प्रतियोगिताको म्यान अफ दि सिरिज, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १० र १० हजार पाउनेछन्।

प्रकाशित: १७ भाद्र २०७९ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App