केन्यासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा केन्याले नेपाललाई जितको लागि १३३ रनको लक्ष्य दिएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाए।
केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए। यस्तै इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।करण केसीले २ र पवन सर्राफले १ विकेट लिए।
आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ।
बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले केन्यासँग ५ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नेछन्।
प्रकाशित: १० भाद्र २०७९ ११:४७ शुक्रबार