४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो मेयर कप प्रतियोगिता तिलागुफामा सुरु

जिल्लाको तिलागुफा नगरपालिकामा दोस्रो मेयर कप प्रतियोगिता सुरु भएको छ।

तिलागुफा नगरपालिकाको आयोजनामा महादेव माध्यामिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारी दोस्रो मेयर कप प्रतियोगिता सुरु गरिएको हो। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले दोस्रो मेयर कप प्रतियोगिताको उदघाटन गरेका हन्।

कार्यक्रममा बोल्दै मन्त्री बिसीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए। उनले भने,‘मानिसको स्वास्थ्य र मुलुकको इज्जतका लागि खेल क्षेत्रको महत्व छ। खेलकुद क्षेत्रमा लागेर पनि आफ्नो भविष्य निर्माण गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ। यसका लागि कर्णाली प्रदेश सरकार कर्णालीमा शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध छ।’

कार्यक्रममा तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले नयाँ पीढिलाई खेलकुद क्षेत्रमा आकर्षित गर्न नगरपालिकाले विभिन्न प्रतियोगिताहरु आयोजना गरिरहेको बताए। उनले यहाँका खेलाडीहरुले मुलुककै प्रतिष्ठा राख्ने गरी खेल खेल्नका लागि नगरपालिकाबाट गर्न सकिने सबै प्रयासहरु हुने बताए।

कार्यक्रममा तिलागुफा नगरपालिका उपप्रमूख महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका नेता दमनबहादुर शाही, मनराज शाही, महादेव माविका प्रधानाध्यापक नरदीप शाही लगायतका सरोकारवालाहरुले स्थानीय, प्रदेश र संघीय सरकारबाट खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्।

महादेव माविको प्राङगणमा सुरु भएको दोस्रो मेयर कप प्रतियोगितामा नगरपालिका भित्रका ८ वटा मा.विहरु सहभागि भएका छन्। उनीहरु बीच छात्र, छात्र भलिबल प्रतियोगिता, अन्तर विद्यालय हाजिरी जवाफ, हाईजम, लमजम, ज्याब्लिङ थ्रो, २ सय मिटर दौड, ८ सय मिटर दौड, ३ हजार मिटर दौड, रेले दौड लगायतका विभिन्न विद्यामा प्रतिस्पर्धा गराइनेछ।

प्रकाशित: ९ भाद्र २०७९ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App