७ वैशाख २०८१ शुक्रबार
खेल

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।

आफ्नो भविष्यबारे छलफल गर्न युनाइटेडका प्रशिक्षक एरिक टेन हागलाई भेट्न आएका रोनाल्डोले मैत्रीपूर्ण खेलमा उपलब्ध हुने बताएका हुन्। ३७ वर्षे पोर्चुगिच स्टार रोनाल्डो प्रिसिजनअन्तर्गत थाइल्यान्डको भ्रमण गुमाएका थिए। क्लब बसाइँ टुङ्ग्याउने मनसायमा रहेका रोनाल्डो थाइल्यान्ड भ्रमणमा गएका थिएनन्। व्यक्तिगत कारण देखाउँदै रोनाल्डो युनाइटेडभन्दा बाहिर थिए। रोनाल्डो पोर्चुगलको रंगशालामा गएर एक्लै अभ्यास गरिरहेका थिए। अघिल्लो सिजन मात्र युनाइटेड फर्किएका रोनाल्डो क्लब छाड्न चाहेको खबर सार्वजनिक भएका थिए।

रोनाल्डो शनिबार एट्लेटिको मड्रिडसँगको खेलमा टोली बाहिर थिए। शनिबार सम्पन्न खेलमा युनाइटेड र एट्लेटिको मड्रिडलले। खेलमा युनाईटेडले मड्रिडमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। तर, उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोले ला लिगा क्लब रायो भालेकानोसँग हुने खेलमा आफू उपलब्ध हुने बताएका हुन्।

रोनाल्डोको फ्यान पेजमा रोनाल्डोलाई गुमाइरहेको भन्ने पोस्टमा उनले आइतबारको खेलमा उपस्थित हुने उल्लेख गरेका छन्। फ्रेन्च भाषामा लेखिएको उक्त पोस्टमा आइतबारको खेलमा फर्किने बताएका हुन्। तथापि, क्लबले एट्लेटिकोसँगको खेलका लागि प्रशिक्षक हागले टोलीको नाम सार्वजनिक गरेको छैनन्। युनाइटेडले यसै सिजन मात्र अनुबन्ध गरेका लिसान्द्रो मार्टिनेज र क्रिस्टियन एरिक्सनलाई पनि समावेश गरेको अनुमान गरिएको छ। युनाइटेडका नयाँ प्रशिक्षक हागले रोनाल्डो बिक्रिमा नरहेको पटक पटक दोहोर्‍याएका छन्। उनले रोनाल्डोलाई समावेश गर्दै आगामी सिजनका लागि योजना बनाइरहेको बताउँदै आएका छन्।

‘हामीले रोनाल्डोलाई समावेश गर्दै नयाँ सिजनका लागि योजना बुनिरहेका छौं। म उनीसँग काम गर्ने मनसायका साथ रणनीति बुनिरहेको छु,’हागले भने, ‘केही सञ्चारमाध्ययमा रोनाल्डोलाई बिक्री गर्ने समाचार आइरहेका छन्। यसमा कुनै सत्यता छैन। हामीसँगै काम गर्ने योजनामा छौं।’ रियाल मड्रिड र युभेन्ट्सका पूर्वखेलाडी रोनाल्डो पछिल्लो सिजन प्रिमियर लिगमा युनाइटेडका लागि सर्वाधिक गोलकर्ता पनि हुन्। उनले २४ गोल गरेका छन्। प्रिमियर लिगको नयाँ सिजन सुरुआत हुँदा युनाइटेडले अगस्ट ७ मा ब्राइटनसँग खेलेर सुरुआत गर्नेछ। 

प्रकाशित: १५ श्रावण २०७९ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App