२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

प्रारम्भिक महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफ महिला च्याम्पियनसिपका लागि ५८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

प्रतियोगिताको छैटौं संस्करण नेपालले आयोजना गर्दै छ। प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुनेछ। सो प्रतियोगिताका लागि एन्फाले शुक्रबार कुमार थापाालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। प्रशिक्षण सोमबारबाटै सुरु हुने एन्फाले जनाएको छ।

नेपालमा तय भएको प्रतियोगिता पूर्वघोषित मितिभन्दा एक साता पछि धकेलिएको छ। यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो। विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो।

प्रकाशित: ९ श्रावण २०७९ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App