१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

शुक्रलाई गल्फ खेल्न सहयोग

भारतमा गल्फको प्रतियोगिता खेल्न नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईलाई आर्थिक सहयोग प्रदान गरिएको छ।शुक्रबहादुरलाई आगामी अगस्टमा भारतको व्यावसायिक गल्फ टुर पिजिटिआईका प्रतिस्पर्धा खेल्न र अभ्यास गर्नका लागि आर्थिक सहयोग गरिएको हो। 

नेपाल गल्फर एसोसिएसनको पहलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासमेत रहेका शुक्रलाई सोमबार कुल आठ लाख रूपैयाँ बराबरको नगद आर्थिक सहयोग प्राप्त भएको हो। गल्फ खेलसँग आबद्ध व्यक्ति र संस्थाबाट उठेको रकम शुक्रलाई प्रदान गरिएको थियो। शुक्रबहादुरले मे महिनामा सिजनको विश्राम लिनुअघि ६ वटा प्रतियोगिता खेलिसकेका छन्। अब डिसेम्बरसम्म उनले टुरका बाँकी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। 

अहमदाबादमा सम्पन्न छनोट चरणको शीर्ष ४० भित्र पर्दै शुक्रले प्रतियोगिताका लागि फुल कार्ड प्राप्त गरेका थिए। पिजिटिआई गल्फअघि शुक्रले भारतको तरुन सर्देसाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्नेछन्। उक्त एकेडमीले शुक्रका लागि ५० प्रतिशत छुट उपलब्ध गराएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएनका महासचिव दीपक आचार्यले जानकारी दिए। एमेच्योर खेलाडीद्वय सुवास तामाङ र सद्भाव आचार्य हाल सोही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन्।

प्रकाशित: ३ श्रावण २०७९ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App