३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

पोखराका सुजनले जिते अष्ट्रेलियामा स्वर्णसहित डब्लुएफएफ प्रोकार्ड

पोखराका सुजन शिल्पकारले विश्व फिटनेश महासंघ (डब्लुएफएफ)को दुई विधामा स्वर्ण पदक जितेका छन्। गएको आईतबार भएको प्रतिस्पर्धामा उनले ‘मेन्स पर्फमेन्स बडिविल्डिङ’ र ‘मेन्स स्पोर्टस मोडेल हाइक्लास’विधामा स्वर्णपदक प्राप्त गर्दै डब्लुएफएफको उपाधी जितेका हुन्। अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न च्याम्पियनसिपमा अष्ट्रेलिया भरका बलिविल्र्डसहरुलाई पछि पार्दै उनी च्याम्पियन बनेका हुन्।  

उपाधीसँगै सुजनले विश्वका जुनसुकै देशमा आयोजना हुने शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउने प्रोकार्ड पाएका छन्। अष्ट्रेलियामा प्रोकार्ड पाएका सुजनले अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुदाँ नेपालको प्रतिनिधित्व गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन। लामो समय देखि अष्ट्रेलिया बस्दै आएको सुजनले करिब १६ वर्षको हुँदादेखि जिम सुरु गरेका थिए।  

उनले सन् २०१९ देखि २०२२ को अवधिमा अष्ट्रेलियाको विभिन्न शहरमा आयोजना भएको आईसिएन वल्र्डवाइड च्याम्पियनसिप, ताज्मानिया स्टेट च्याम्पियनसिप, आइएनबिए नेशनल ब्रिजवन, आइसिएन स्टेट र नेशनल, डब्लु नेशनल मिस्टर वशिनियामा ओभरल च्याम्पियन लगायत ५ प्रतियोगितामा  १७ वटा स्वर्ण पदक जितिसकेका  छन्।  

प्रकाशित: २२ असार २०७९ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App