४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जयारानीको दुई कीर्तिमान

नेपाल आर्मी क्लबकी जयरानी थारुले शनिबार ४४औं राष्ट्रिय एथलेटिक्समा महिला चार सय मिटर हर्डल्सतर्फ राष्ट्रिय कीर्तिमान रचेकी छिन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दोस्रो दिन शनिबार जयरानीले महिला चार सय मिटर हर्डल्समा एक मिनेट ०७.२ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान रचेकी हुन्।

यस विधामा एपिएफकी सविता चौधरीको कीर्तिमान थियो। सविताको नाममा एक मिनेट ०७.७ सेकेन्ड समय थियो र उनले छैटौं राष्ट्रिय खेलकुदमा सो कीर्तिमान रचेकी थिइन्। प्रतियोगिताको पहिलो दिन शुक्रबार पनि जयरानीले महिला एक सय मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान रचेकी थिइन्।

जयारानीले निर्धारित दूरी १५.२० सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन्। यसअघि महिला एक सय मिटर हर्डल्समा प्रमिला थारुको नाममा १६.९६ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। शुक्रबारै आर्मीका जीवन थारुले पुरुष एक सय १० मिटर हर्डल्समा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्।

जीवनले निर्धारित दूरी पूरा गर्न १४.९६ खर्चिएका थिए। यसअघि उनकै उनले १५.६० सेकेन्डको उत्कृष्ट समय निकालेका थिए।

प्रकाशित: १२ असार २०७९ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App