२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि रूबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरिएको छ। च्याम्पियनसिपमा नेपाल नेपाल समूह ‘बी’ मा परेको छ।

नेपाल रहेको समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेकाे एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएकाे छ। समूह ‘ए’ मा युएई, मलेसिया, ओमान र कतार रहेका छन्। प्रतियोगिता आगामी जुन १७ देखि मलेसियामा सञ्चालन हुनेछ।

नेपाली टिममा रूबिना क्षेत्री (कप्तान), इन्दू बर्मा (उपकप्तान), सीता रानामगर, ज्योती पाण्डे (विकेटकिपर), कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, बिन्दू रावाल, संगिता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, सबनम राई रहेका छन्।

प्रकाशित: ३० जेष्ठ २०७९ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App