३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

कुङ्फुका पदक विजेता सम्मानित

नेपाल उमा कुङ्फु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरूले नेपाललाई ३ स्वर्ण पदक दिलाए। सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते। भूपेन्द्र गुरुङले चाइनिज फम्र्सको छाङ छ्वानमा पहिलो स्थान हात पारे। सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका नेपाल उमा कुङ्फु संघका अध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित भए।

त्यसै कार्यक्रममा स्थानीय निर्वाचन– २०७९ मा तारकेश्वर नगरपालिको मेयरमा निर्वाचित भएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम संयोजक एवं नेपाल उमा कुङ्फु संघका सचिव रमेश महर्जन, नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, पूर्वअध्यक्ष उद्धव थापामगर, उमा कुङ्फुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरी सम्मान गरे। भूपेन्द्र भने हाल इङ्ल्यान्डमै रहेकाले कार्यक्रममा उपस्थित थिएनन्।

प्रकाशित: १७ जेष्ठ २०७९ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App